माओवादी केन्द्रमा ९ जनाको हेडक्वाटर हुने (कार्य विभाजन सहित)

Avatar photo
Dhadingpost
सोमवार, जेष्ठ १०, २०७३

काठमाडौं जेष्ठ १० । विभाजित माओवादीहरु एकता हुँदै बनेको नयाँ पार्टी नेकपा माओवादी केन्द्रको ९ जना रहेको हेडक्वाटर बन्ने भएको छ ।

कार्यविभाजनमा देखिएको मतभेद सँगै जारी केन्द्रिय समितिको बैठकले बुहुपदमा नजाने सङ्केत गर्दै प्रचण्डको नेतृत्वमा ९ जना रहने हेडक्वाटर बनाउन लागेको हो ।

महादिवेशन सम्म एकपदिय जिम्मेवारीमा जाने सहमति गर्दै माओवादी केन्द्रले ९ जनाको हेडक्वाटर, ५१ जनाको सचिवालय बनाउने निर्णय गरेको छ ।

माओवादी केन्द्रको हेडक्वाटरमा नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, कृष्णबहादुर महरा, मात्रिका यादव, जयपुरी घर्ती, तिलक परियार, मणि थापा र देव गुरुङ रहेको नौ सदस्य रहेका छन्।
कस्को नेतृत्व कता
१ नम्बरमा राम कार्कीको संयोजकत्वमा ९ जना,
२ नम्बर मा गोपाल ठाकुरको संयोजकत्वमा ७ जना,
३ नम्बरमा लिलामणि पोखरेलको संयोजकत्वमा ८ जना,
४ नम्बरमा डिलाराम आर्चायको संयोजकत्वमा ५ जना,
५ नम्बरमा चक्रपाणि खनाल वलदेवको नेतृत्वमा ७ जना,
६ नम्बरमा जनार्दन शर्मा प्रभाकरको संयोजकत्वमा ६ जना,
७ नम्बरमा लेखराज भट्टको संयोजकत्वमा ६ जना र
प्रवासका लागि नारायणकाजी श्रेष्ठको नेतृत्वमा ७ जनाको संयोजन समिति बनेको छ ।