धादिङका युवाको दुवईमा उच्च रक्तचापका कारण मृत्यु

Avatar photo
Dhadingpost
सोमवार, जेष्ठ १०, २०७३

हरि नेपाली । दुवई, जेठ ९ – ज्यामरुङ–९ गैह्रे, धादिङका युवा थान बहादुर गुरुङको गत मे २१ गते शनिवारका दिन युएईको अजमान स्थित शेख खालिफा विन जायद अस्पतालमा उच्च रक्तचापका कारण मृत्यु भएको छ ।
12313791_118928868476397_8621511596385868329_nगत मे १८ का दिन रात्री कालिन ड्युटी कै समयमा विहान ४ बजेतिर अचानक बेहोस भएर ढलेपछि उपचारका लागि अस्पताल लगिएको थियो । उच्च रक्तचापका कारण मस्तिष्कको नशामा रगत जमेका कारण उपचार हुन नसकेपछि शनिवार विहान अस्पतालले मृत्यु भएको घोषणा गरेको थियो ।
वैदेशिक रोजगारीको सिलसिलामा विगत १५ बर्ष देखि युएईको अजमान स्थित के.एच.के स्कापफोल्डिङ कम्पनीमा कार्यरत ३६ बर्षीय मृतक गुरुङ धादिङ समाज युएई अजमान क्षेत्रीय समितीका अध्यक्ष समेत हुन् ।
मृतक गुरुङको आमा, श्रीमति, एक छोरी र एक छोरा छन् भने दुई भाइहरु वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा नै कार्यरत छन् । उनको शबलाई यो हप्ता भित्र नै नेपाल पठाउने तयारी भइरहेको धादिङ समाजका सल्लाहकार एवं मृतकका दाजु भुवन गुरुङले बताएका छन् ।