इन्डोनेसिया । इन्डोनेसियाको उत्तरी सुमात्रा टापूको माउण्ट सिनावङमा ज्वालामुखी विस्फोट हुँदा ३ जनाको ज्यान गएको छ ।
ज्वालामुखीबाट निस्केको धुवाँको मुस्लो र उच्च तापका कारण तीनजनाको मृत्युृ भएको हो।
ज्वालामुखीका कारण तीनजनाको मृत्यु भएको र अन्य केही घाइते भएको समाचारको यहाँको राष्ट्रिय प्रकोप व्यवस्थापन विभागका प्रवक्ताले पुष्टि गरेका छन् । रासस