धादिङबेसी जेष्ठ ९ । नोपाली काँग्रेस धादिङले पार्टीको गतिविधिलाई संस्थागत गर्दै धादिङ बुलेटिन प्रकाशन गर्ने भएको छ । कांग्रेस धादिङको सातौं बैठकले पार्टीको गतिविधि सार्वजनिक गर्न धादिङ बुलेटिन प्रकाशन गर्ने निर्णय गरेको हो ।
काँग्रेस धादिङका सभापति रमेश धमलाको सभापतित्वमा सम्पन्न वैठकले नयाँ जिल्ला कार्य समिति बने सँगै विगत छैटौं वैठक सम्म गरिएका निर्णय र प्रगति (१०० दिनको काम) को गम्भीर समीक्षा समेत गरेको थियो ।
बैठका निर्णयहरु
१ नेपाली कांग्रेस,धादिङको बुलेटिन प्रकाशनको लागि सचिव हरिराम बुर्लाकोटीको संयोजकत्वमा कविता इटनी, रामप्रसाद अधिकारी, विकास श्रेष्ठ, नवराज तिमल्सिना, नरेन्द्र भट्ट, खिल गिरी, मुरारी अधिकारी र पोषनाथ अधिकारी सदस्य रहेको बुलेटिन प्रकाशन समिति गठन समेत गरेको छ।
२ सबै गाविस र नगर वडामा जेठ १५ गते भित्र कृयाशील सदस्य भेला आयोजना गर्ने गरी जिल्ला प्रतिनिधि पठाउने र उक्त भेला मार्फत नेपाली कॉंग्रेस धादिङको भित्तेपात्रो वितरण गर्ने ।
३ नेपाल महिला संघ,धादिङको जिल्ला अधिवेशन यही जेठ १४ गते आयोजना गर्ने