हरि विश्वकर्मा,
धादिङबेसी जेष्ठ ८ । जेठ २१ गते धादिङबेशीको खुल्ला मञ्चमा दलितहरुको उपस्थितिमा बिशाल जनसवाल हुने भएको छ ।
जातीय छुवाछुत कसुर र सजाय ऐन २०६८ लागु भएको अवसर पारेर सयुक्त दलित सर्घष समीतीले उक्त दिन धादिङबेसी स्थित खुल्ला मञ्च मा दलितहरु उतारी बिशाल जन सवाल गर्न लागेको हो ।
अहीले सम्म प्राप्त भएको उपलव्धीको कार्यन्यनमा दवाव दिने र संविधानमा समावेस गरिएको अधीकार लागु गर्ने दवाव दिने उदेश्ले कार्यक्रम आयोजना गर्न लागिउको बताईएको छ । आज धादिङबेसीमा बसेको तयारी वैठकले यता बहादुर सुनुवारको सयोजकत्वमा १०१ सदसीय मुल आयोजक समीती निमार्ण गरीएको छ ।
कार्यक्रमलाई सहज बनाउन विभिन्न ८ उपसमीती पनि गठन गरीएको छ । जसमा प्रचार प्रसार उपसमीती सयोजक हरी विश्वकर्मा, आर्थीक उपसमीतीमा बेग बहादुर सुनुवार, यातायात लक्ष्मण रम्तेल, सास्कृतीक सयोजकमा प्रकाश विनायक, अतीथी सत्कार सयोजक दिल बहादुर रम्तेल, भोजन तथा आवास सयोजक श्याम ब मगराती, पन्चेबाजा सयोजक जीत बहादु परियार र स्वयमसेवक सयोजक रमेश सुनुवार रहजे गरि २१ गते जिल्लाको हजारौ दलितहरुलाई खेल्ला मञ्च उतारिने बतार्ईएको छ ।