किशोर अधिकारी,
धादिङ किराञ्चोक जेष्ठ ८ । निजी आवास अनुदान प्राप्त गर्ने लाभग्राहीको नामावलीमा समावेस नभएको भन्दै किराञ्चोक गाविस भवनमा लगाईएको ताला खोल्ने विषय झ अनिश्चित बनेको छ ।
नाम छुट भएका घरधनीहरुको आज एक भेला गरी संघर्ष समिति बनाएपछि गाविस भवनमा लागेको ताला खोल्ने विषय झनै अनिश्चित बनेको हो ।
पिडितहरुको भृलाले सहदेब प्रसाद जम्क्ट्टेल संयोजक रहनेगरी १३ सदस्य भुकम्प पिडित समन्वय समिति गठन गरेको छ ।
उनीहरुले समन्वय समितिको माग पुरा नहुदा सम्म गाबिसमा लगाईएको ताला नखोल्ने चेतावनी दिएका छन् ।
किरान्चोक गाबिसको १३ सय ९६ घरधुरी पूर्ण क्षति भएको गाविसमा तथ्याङ्क छ तर भवन निर्माण प्रधिकरणका प्राविधिकले ११ सय ८ नाम सार्वजनिक गरेपछि विवाद सृजना भएको थियो । यो समस्या धादिङका अधिकाङ्श गाविसमा देखिएको भएपनि गाविस भवन नै ताला बन्दी गरेर सघर्षमा उत्रिएको गाविस यो पहिलो हो ।