कृष्ण राना मगर,
धादिङ फुलखर्क जेष्ठ २ । शनिबार राती परेको भिषण बर्षादको कारण आज दिउँसो १ः३५ बजे धन्सार भत्किदा उत्तरी धादिङको फुलखर्क गाउँ विकास समिति वडा नं १ थुम्क कुमारी अधिकारीको घटना स्थलमै मृत्यु भएको छ ।
भुकम्पले कमजोर बनाएको धन्सार र आज राती परेको भिषण पानीका कारण धन्सार भत्किँदा श्रमिती ७४ बर्षिय थुम्क कुमारीको घटना स्थाल मै मृत्यू भएको हो ।
धन्सार भत्किँदा फुलखर्क १ निबासी ८१ बर्षीय सुर्य बहादुर अधिकारी घाइते भएका छन् । घाइतेलाई उपचारका लागि स्थानीय फुलखर्क स्वास्थ्य चौकीमा उपचार भैरहेको छ । धन्सार भत्किँदा करिब ३ लाख बराबरको क्षति भएको बताईएको छ ।