धादिङ ज्यामरुङ जेष्ठ १ । एकीकृत नेकपा माओवादी धादिङका जिल्ला अध्यक्ष राम बहादुर भण्डारीले अब कम्युनिष्टहरु एक ढिक्काको सुरुवात जेष्ठ ५ गतेबाट सुरुहुने बताउनु भएको छ ।
बादल, मात्रिका र मणि थापाहरु सँग एमाओवादीको पार्टी एकिकरण जेष्ठ ५ गते हुँदा यो दिन नेपाली कम्युनिष्ट आन्दोलनको ऐतिहासिक दिन हुने समेत भण्डारीले बताउनु भएको छ ।
एकिकृत नेकपा माओवादी ज्यामरुङको गाउँ पार्टी प्रशिक्षणमा बोल्दै भण्डारीले अब एकताको अभियान सुरुहुँदैछ अब सङ्कृण, अराजक र पार्टी हित विपरितका क्रियाकलाप अन्त्य गर्नुपर्ने बताउनु भएको थियो ।
एकिकृत नेकपा माओवादी ज्यामरुङका संयोजक शिब कुमार श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा एकिकृत नेकपा माओवादी धादिङका जिल्ला अध्यक्षय राम बहादुर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा एकिकृत नेकपा माओवादी धादिङका जिल्ला सचिव धन बहादुर विजय बुर्लाकोटी, सह–सचिव मनराज भण्डारी
जिल्ला समिति सदस्य कमला सापकोटा, लगायतको सहभागिता रहेको थियो ।