नबराज तिमल्सिना,
धादिङ सल्यानटार जेष्ठ १ । नेपाली काङग्रेस जिल्ला कार्य समिति धादिङले जलासय युक्त बुढीगण्डकीको विषयमा सार्वजनिक छलफल तथा अन्तरक्रिया गरेको छ ।
रानी पौवा उमावि सल्यानटारमा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रमको नेपाली काङग्रेस जिल्ला कार्य समिति धादिङका सभापति रमेश धमलाको अध्यक्षता रहेको थियो ।
यसै गरी कार्यक्रममा नेपाली काङग्रेस धादिङका पुर्व सभापति रामनाथ अधिकारी, बासु तिमल्सिनाको बिशेष आतिथ्यता रहेको थियो ।
जल बिद्युत आयोजनाबाट प्रभावित धादिङ जिल्लाको १३ वटा गाविसका राजनीतिक दलका प्रमुख लगायत बुढीगण्डकी जल बिद्युत आयोजनाबाट प्रभावित सरोकारवालाहरुको सहभागिता रह्योे ।
जिल्ला मालपोत कार्यालय धादिङबाट रोक्का गरिएको जग्गाको मुअब्जा पुनरवासको ब्यवस्थामा सरकारलाई दिनुपर्ने सहभागिहरुले बताएका छन् ।