एकताका लागि प्रचण्ड लचक नामै फेरिने तयारी

Avatar photo
Dhadingpost
शनिबार, जेष्ठ १, २०७३

काठमाडौं जेष्ठ १ । माओवादीका चार समूहले मोहन वैद्यविनै जेठ पहिलो साता पार्टी एकता गर्ने भएका छन् । प्रचण्ड नेतृत्वको एमाओवादीसाग एकता गर्न नेकपा क्रान्तिकारी माओवादीका महासचिव रामबहादुर थापा बादलको नेतृत्वमा बहुमत सदस्य, मातृका यादवको नेकपा माओवादी, मणि थापाको क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेत्रविक्रम चन्दको नेकपा माओवादीका केही केन्द्रीय नेताहरूबीच सहमति भएको छ ।

पार्टीको नाम फेर्न सबै सहमत

नेताहरूले एकतापछि पार्टीको नाम फेर्न सकिने विषयमा छलफल भइरहेको जनाएका छन् । तर, नाम के राख्ने भन्ने विषयमा छलफल अझै जारी छ । एकीकृत नेकपा माओवादी नै नाम राख्ने, युद्धकालकै नाम नेकपा माओवादी राख्ने अथवा नेपाल कम्युनिस्ट पार्टी मात्रै राख्ने विकल्पमा छलफल भइरहेको नेताहरूले बताएका छन् । नेकपा माओवादी संयोजक मातृका यादवले नाम पुरानै राख्न नेताहरूको बैठकमा लिखित प्रस्ताव नै राखेका छन् । प्रचण्डले पनि नामका विषयमा आफू लचक हुन तयार रहेको बताएका छन् ।

महाधिवेशन गर्न ४९९ सदस्यीय आयोजक समिति

माओवादी समूहहरू मिलेर एकताको राष्ट्रिय महाधिवेशनमा जाादै छन् । त्यसैले अहिले ४९९ सदस्य रहेको महाधिवेशन आयोजक समिति बन्ने भएको छ । यो समितिमा एकीकृत माओवादीका तीन सय र बादल नेतृत्वको माओवादीका १६१ जना सदस्य रहनेछन् ।

बाँकी ३८ जना मातृका यादव, मणि थापा र विप्लव समूहका केही सदस्य पर्नेछन् । त्यस्तै, लामो समयदेखि निष्क्रिय रहेका जयपुरी घर्ती र कुमार दाहाल पनि आयोजक समितिमा रहनेछन् । आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।