शिव राज आचार्य
बैशाख ३१, धादिङ । धादिङको थाँक्रे ९ गौजेमा रहेको यति टायल एण्ड ब्रिक इनर््डस्ट्रिज प्रालिमा काम गर्ने कामदारका बाल बालिकालाई शैक्षिक सामग्री बितरण गरीएको छ । प्रयत्नशिल सामुदायिक बिकाश समाज नेपालको आयोजना तथा ग्लोबल फेयरनेश ईनिसियटिभ बिसि एमको सहयोगमा ईटा उद्योगमा काम गर्ने कामदारका बालबालिकालाई बिद्यालय पोशाक सहित शैक्षिक सामग्री बितरण गरीएको छ ।
ईटा उद्योगमा काम गर्ने कामदारका बालबालिका पढ्ने गरेको दूई बटा बिद्यालयमा अध्ययनरत ३९ जना बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरीएको हो । जनकल्याण प्राथमिक बिद्यालयमा अध्ययन गर्ने २२ र महाँकालेश्वरी उमाबिमा अध्ययन गर्ने १७ जना बिद्यार्थीहरुलाई सामग्री बितरण गरीएको हो । उक्त कार्यक्रममा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले अबका दिनमा धादिङमा रहेका १० वटा ईटा उद्योगमा काम गर्ने कुरा बताउनु भएको छ ।
नेपाल सरकारले कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित हुन नपरोस् भन्ने उदेश्यले काम गरीरहँदा पनि त्यसको कार्यान्वयन नभएको बेलामा प्रयास नेपालले ईटा उद्योगमा काम गर्ने कामदारका बालबालिकालाई शिक्षाको बाटो देखाएकोमा जिल्ला शिक्षा अधिकारी रेणुका पाण्डेले प्रशँसा गर्नु भयो ।
उक्त कार्यक्रमको अध्यक्षता उद्योगका प्रोपाईटर सुयश श्रेष्ठले गर्नु भएको थियो भने प्रमुख अतिथिमा जिल्ला शिक्षा अधिकारी रेणुका पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । बिशिष्ट अतिथिमा सहायक जिल्ला शिक्षा अधिकारी द्धय बदी्र बस्नेत र शोभाकर रेग्मी रहनु भएको थियो । अतिथिहरुमा मछिन्द्र उमाबि अन्तर्गत स्रोत ब्यतिm तुल्सिराम खनाल, महाँकालेश्वरी उमाबिका प्राचार्य राजेन्द्र आचार्य, जनकल्याण प्राबिका प्रधानाध्यापक, पत्रकार शिव सिलवाल, पोषनाथ अधिकारी, सँस्थामा काम गर्ने सहजि कर्ता, समाज सेवी बुद्धिजिबी, अभिभावकको उल्लेख्य उपस्थिति रहेको थियो ।