धादिङबेसी बैशाख ३० । आज भाबुराम भट्टराई किन सुटुक्क आए, धादिङबेसी आएको किन पत्रकारले पनि सुईको पाएनन् ।
यस विषयमा नयाँ शक्ति अधियान धादिङका एक नेता भन्छन्, नेता भट्टाराई व्यस्ततामा हुनुहुन्थ्यो त्यसैले कसैलाई खवर गरिएन ।
धादिङबेसी बीचबजार स्थित कार्यालय अवलोकन गरि आरुघाट जानु भयो । त्यसक्रममा उपलब्ध कार्यकर्ता परिचय र अभियानको विषयमा बताउनु भएको ति नेताले बताए ।
किन आए भट्टराई
आरुघाटमा नयाँ शक्ति अभियानको कार्यक्रममा जान लागेका भट्राईले धादिङबेसीमा कार्यक्रम राख्न कस्तो छ स्थित भनेर सोध्न धादिङबेसी पार्टीकार्यालय आएका हुन् । पार्टी कार्यालयमा आउन साथ कस्तो छ स्थित भने र सोधेका थिए ।
धादिङ जिल्ला त्यसमा पनि अन्यदल सँग प्रतिपर्धा गर्न सक्ने कार्यकर्ता भएको र जनता पनि नयाँ शक्ति अभियानका अन्य दलको तुलनामा धेरै भएको रिपोटिङ पाएका थिए । त्यसपछि हौसिएका भट्टराईले जेष्ठ १२ गते आफुले धादिङको लागि समय दिने र त्यो दिन सकिन्छ अन्यदललाई देखाउने गरि जनता ल्याउने नसके कार्यकर्तालाई भने पनि उतार्न निर्देशन दिएको कार्यक्रममा सहभागि एक नेताले दिए ।
हुन्छ त १२ गते बाबुराम आउने कार्यक्रम ?
नयाँ शक्तिको अभियानमा खुलेर देखा नपरेका नेताहरु धेरैभएको कारण जेष्ठ १२ गते कस्तो कार्यक्रम गर्ने विषयमा ठोस् भएको छैन । त्यसैले नयाँ शक्ति अभियान धादिङले जेष्ठ १ गने परिषदको बैठक राखेको र त्यहि दिन कस्तो कार्यक्रम निर्णय हुने समेत बताईएको छ ।
फोटोः नयाँ शक्ति अभियान धादिङका नेता अशोककुमार बस्नेतको फेसबुकबाट