धादिङबेसी बैशाख २९ । नेकपा एमालेको भातृसंगठन युवासंघ नेपाल धादिङले जोगिमाराको मुवाखोला देखि खानीखेला सम्मको राजमार्ग क्षेत्रमा सौर्यबती जडान गर्न पहल थालेको छ ।
युवासंघ धादिङले धादिङको जोगिमारा देखि खानिखोलासम्म करिव ८३ कि. मि. भित्र रहेका प्रमुख बजारहरुमा बैकल्पिक उर्जा केन्द्र मार्फत सडक बत्ती जडान गर्न पहल थालेको हो ।
नेपालको ६३ जिल्ला संग जोडिने महत्वपुर्ण राजमार्ग धादिङ जिल्लामा पर्ने हुँदा मुख्य बजारक्षेत्र मझिमटार, बेनीघाट, चरौदी, मलेखु, गजुरी, घाटबेसी, आदमघाट, बैरेनी, सिम्ले, महादेवबेसी, धार्के, नौविसे र खानिखोला आसपासका क्षेत्रमा सौर्यबत्ति जडान गर्न पहल थालेको हो, युवा संघले जानकारी दियो ।
यसका लागि अर्थमन्त्री सँग र वैकल्पित उर्जा केन्द्र सँग पनि कुराकानी भैरहेको र छिटै काम थालिने युवासंघ नेपाल धादिङले बताएको छ ।