धादिङबेसी बैशाख २८ । नीलकण्ठ नगरपालिकाको भवन बनाउन जग्गा अभाव देखिए पछि नेपाली काँग्रेस बाहेक दलहरुले अधिक्रमण भएको जग्गा नियन्त्रण गरि नगरपालिकाको भवन बनाउन ध्यानाकर्षण गराएका छन् ।
गत वर्ष नगरपालिका भवन बनाउनको लागि आएको १ करोड रुपैया जग्गा नभएकै कारण फ्रिज भएको र यस आर्थिक वर्षको पैसा पनि फ्रिज हुने भएपछि दलहरुले भवन बनाउन प्रमुख अधिकारी समक्ष ध्यानाकर्षण गराएका हुन् ।
धादिङबेसीमा सरकारी जग्गा अतिक्रमण अरेर बसेका संस्थाहरु धेरै छन्, कोहि यस अघिका सिडियोले नै अनुमति दिएका छन्, भने कोहि दलिय आडमा बलप्रयोग गरि, सरकारी जग्गा अतिक्रमण गरि बसि रहेका छन् ।
नगरपालिकाको भवन नहुन, भवन बन्न आएको पैसा फ्रिज हुने, उता सरकारी जग्गा क्लव, सहकारी, विभिन्न संघ संस्थाले अतिक्रमण गरेर बस्ने यो विषयमा चिन्तित बन्न स्थानिय दलहरुले सिडियो विश्वप्रकाश सुवेदीलाई कार्यकक्षमै भटेर दवाव दिएका हुन् ।
सरकारी जग्गा अतिक्रमण हुन दिई रहने हो भने अख्तियार जाने समेत ति दलहरुले सिडियो सुवेदीलाई जानकारी गराए ।
के छ ध्यानाकर्षण पत्र जस्ताको तस्तैः