मैत्रीपूर्ण फुटबल प्रतियोगिता जारी पत्रकारले हराए जिविस कर्मचारीलाई

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख २८, २०७३

धादिङबेसी बैशाख २८ । कर्मचारी मिलनकेन्द धादिङको आयोजनामा हिजोबाट सुरु भएको मैत्रीपूर्ण फुटबल प्रतियोगिता जारी रहेको छ ।

आज बिहान भएको पहिलो खेलमा नेपाल पत्रकार महासंघको टिमले स्तानिय निकायका कर्मचारीहरुलाई ५–० ले हाएको थियो ।

यसैगरी बिहान भएको दोश्रो खेलमा उद्योग वाणिज्य संघ धादिङले नेपाल राष्ट्रिय कर्मचारी संगठनलाई ६–० ले पराजित गरेको थियो ।

प्रतियोगितामा स्मरणिय के छ भने तीन ठुला पार्टी काँग्रेस, एमाले र एमाओवादी नीकटका तीन वटै कर्मचारी संगठनहरुको टिम र NGO/INGO को टिम प्रतियोगितामा पराजित भएका छन् । नेपाली काँग्रेस र एमालले निकट कर्मचारीहरुको टिम हिजो नैै नकआउट भैसकेका थिए ।

आज बेलुकाबाट सुरु हुने सेमिफईनलको पहिलो खेल स्वस्थ्य कर्मीको टिम र बैंकाका कर्मचारी टिम बीचमा हुने छ । त्यस्तै अको सेमिफाईनल खेल भोलि बिहान पत्रकार र उद्योग वाणिज्य संघ बीच हुनेछ ।