विप्लव माओवादी धादिङद्वारा कार्यक्रता रिहाईको माग

Avatar photo
Dhadingpost
सोमवार, बैशाख २७, २०७३

धादिङबेसी बैशाख २३ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी जिल्ला कमिटी धादिङले पक्राउ परेका कार्यकर्ता तत्काल रिहाईको माग गरेको छ ।

जिल्ला कमिटी सचिवालय सदस्य हरिशरण नेपाल, जिल्ला सदस्य कमरेड कृष्ण बहादुर खतिवडा लगायतका व्यक्तिहरुलाई डाँका तथा ज्यान मार्नेे झुटो मुद्धा लगाई प्रहरीले निर्दोश कार्यकर्तालाई फसाउन खोजेको भन्दै प्रेस बिज्ञप्ती मार्फत रिहाईको माग गरको हो ।

माओवादी धादिङका जिल्ला सेक्रेटरी रामबहादुर श्रेष्ठले आज विज्ञप्ती निकालेर आफ्ना कार्यकर्तामाथि लागेका चोरी डकैती तथा ज्यान मार्ने उद्योगको मुद्धा समेत तत्काल खारेज गर्नुपर्ने बताउनुभएको छ ।

जिल्ला कमिटी सचिवालय सदस्य हरिशरण नेपाल, जिल्ला कमिटी सदस्य कृष्ण बहादुर खतिवडा लगायतलाई तत्काल रिहाई नगरे कडा आन्दोलन गर्ने माओवादीको चेतावनी छ ।

अन्तराष्ट्रिय मूल्य मान्यता तथा कानुन र मानव अधिकार सँग जोडिएको बिषयलाई ठाडो उल्ङघन तथा लोकतन्त्रको वर्खिलाप गर्दै निर्दोश कार्यकर्तालाई झुटो मुद्धा नलगाउन समेत विज्ञप्ती मार्फत भनिएको छ ।