बैशाख २७गते । वर्ल्ड ह्यान्ड हाइजिन डे ५ मे २०१६ को अवसर पारेर ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले एक सिएमई कार्यक्रम आयोजना गर्यो ।
सिएमइमा संक्रमण नियन्त्रणमा हातको सरसफाई र संक्रमण नियन्त्रणमा यसको भुमिका लगायतका बिबिध आयामहरुबारे छलफल गरिएको थियो ।
सिएमई कार्यक्रममा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका क्रिटिकल केयर मेडिसिन बिभागका चेयरम्यान प्राध्यापक डा. अर्जुन कार्की, इन्टेन्सिभिष्ट तथा क्लिनिकल को-अर्नेटर डा. सुभाष आचार्य र इन्फेक्सियस डिजिजका कन्सल्ट्यान्ट डा. एन्ड्रयु ट्रोटरले ह्यान्ड हाईजिनले बिरामीको उपचारमा खेल्ने महत्वपूर्ण भुमिकाका बारेमा प्रवचन दिनुभएको थियो ।
त्यसैगरी ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको इन्फेक्सन कन्ट्रोल नर्सहरु सामना सैंजु , एन्जिला कोइराला, रश्मी गिरीले ह्यान्ड हाइजिनका ब्यवहारिक पक्ष र इन्फेक्सन कन्ट्रोल नर्सका रुपमा आफुहरुले गरेको अनुभव आदानप्रदान गर्नुभएको थियो । कार्यक्रममा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको इन्फेक्सन कन्ट्रोल डिपार्टमेन्टले ह्याण्ड हाइजिनबारे तयार पारेको भिडियो पनि सार्वजनिक गरिएको थियो ।
अन्य अस्पतालबाट सिएमइमा सहभागि भएका मेडिकल स्टाफहरुसँग ह्यान्ड हाइजिन र इन्फेक्सन कन्ट्रोल बारे अन्तरकृया समेत गरिएको थियो ।
ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको इन्फेक्सन कन्ट्रोल डिपार्टमेन्टको अगुवाइमा सम्पन्न कार्यक्रममा उपत्यकाका १० वटा अस्पतालका १०० जना भन्दा बढी मेडिकल स्टाफहरुको सहभागिता रहेको थियो ।