यस्तो छ सरकारको नीति तथा कार्यक्रम डाउनलोड गरी पढुनोस्

Avatar photo
Dhadingpost
आइतवार, बैशाख २६, २०७३

काठमाडौं बैशाख २६ । सरकारले एक घर एक रोजगारीको व्यावस्था गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा उक्त कुरा घोषणा गर्नुभएको छ।

नागरिकको आर्थिक स्थितिलाई सुधार्न सरकारले कम्तिमा एक घरका एक व्यक्तिलाई रोजगारीको ग्यारेन्टी गर्ने कार्यक्रम घोषणा गरिएको हो ।
त्यसैगरि सरकारको नीति तथासरकारले आगामी दुईवर्षमा सम्पूर्ण निजी घरहरु बनाइसक्ने गरी पुनर्निर्माण प्राधिकरणलाई परिचालन गर्ने , धरहरालाई ३ वर्षमा बनाइसक्ने घोषणा गर्नुभयो ।

त्यसैगरि भुकम्पबाट भत्किएका शैक्षिक संस्थाहरु पनि ३ वर्षमा बनाइसक्ने उल्लेख गरिएको छ । नयाँ संविधानले संघीय संसद, प्रदेश सभा र स्थानीय निकायको व्यवस्था गरेपनि संविधानको कार्यान्वयन गरी त्यस अनुरुपका निकायमा जनप्रतिनिधि चयन गर्न तत्काल सम्भव नभएको अवस्थामा सरकारले अन्तरिम व्यवस्थापनका लागि स्थानीय निकायको निर्वाचन गर्ने स्पष्ट पारिएको छ ।

यस्तो छ सरकारको नीति तथा कार्यक्रम डाउनलोड गरी पढुनोस्
यस्तो छ सरकारको नीति तथा कार्यक्रम डाउनलोड गरी पढुनोस्