धादिङबेसी बैशाख २६ । विश्व रेडक्रस दिवसको अबसरमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङले भुकम्प पुर्नलाभ सम्बन्धी जिल्ला स्तरीय सरोकारवालाहरु बीचको बैठक सम्पन्न भएको छ ।
लग्जेम्बर्ग रेडक्रस कोरियन रेडक्रसको सहयोगमा सरोकारवालाहरु बीचको उक्त बैठकको आयोजना गरिएको हो ।
भुकम्प पुर्नलाभ कार्यक्रमका ब्यबस्थापक कमल निरौला, जिल्ला शिक्षा कार्यालय धादिङका जिल्ला शिक्षा अधिकारी रेणुका पाण्डे , नेकपा एमाले धादिङका अध्यक्ष भूमी त्रिपाठी, एकिकृत नेकपा माओवादी धादिङका जिल्ला अध्यक्ष राम बहादुर भण्डारी, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली लगायतको सहभागिता रहेको थियो ।
साथै बैठकमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङले भुकम्प पछि अहिले सम्म गरिरहेको कामहरु, भुकम्प प्रभावित गाविसहरुमा खानेपानीको ब्यबस्था, मनोसामाजिक कार्यक्रमहरु, सरसफाई, स्वास्थ्य तथा पोषण कार्यक्रमहरु, मौसमि कार्यक्रमहरु, नगद तथा आकास्मिक अस्थायी आवासको ब्यबस्था, खाद्य सामग्री बितरण जस्ता कार्यक्रमहरु सञ्चालन गरेको थियो ।
यसै गरी धादिङको कल्लेरी र कटुञ्जे गाविसमा भुकम्प पीडितहरुको लागि आवास कार्यक्रम सञ्चालन भैरहेको आयोजक संस्थाले जानकारी दिएको छ ।