धादिङबेसी बैशाख २३ । एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डलाई यतिबेला बधाईको ओईरो लागेको छ ।
काँग्रेको प्रस्तावमा प्रधानमन्त्री बन्न तयार रहेका प्रचण्डले आज ओली सरकारलाई नै वजेट ल्याउन दिने निर्कषमा पुगे पछि सामाजिक संजालमा बधाईको पत्र बन्नु भएको हो ।
संविधान कार्यान्वयन, मधेसको जटिलता, शान्ति प्रकृयाको टुंगो लगायतका उल्झन र ओलीले पछिल्लो समय टेर्न छोड्नुको दबाबमा रहेका प्रचण्ड यी समस्या हल गर्नका लागि प्रधान मन्त्री हुन तयार रहेका थिए । तर काँग्रेको प्रस्ताव छलकपट सहित रहेको थाहा पाए पछि प्रचण्ड ब्याक भएका खबर डबलीले समाचार लेखेको छ ।।
बुधबार दिउँसो बसेको कांग्रेस र मधेसी मोर्चाको बैठकले कुनै ठोस निर्णय नगरेपछि झस्किएका प्रचण्डले स्थायी कमिटिको बैठककै बिचमा केही दक्षिणि एजेन्टहरुको अवस्थाका बारेमा बुझे । देउवा लगायत मधेसी नेताहरुको स्पष्ट कुरा नआउनुले प्रचण्ड सोच्न वाध्य भए । यतिबेलासम्म सामाजिक संजाल तथा अन्य माध्यमबाट प्रचण्डमाथि निर्णय गलत भएको दबाब परिसकेको थियो ।
प्रचण्डले स्थायी समितिको बैठकमा कुनै ठोस निर्णय गर्न नलिईकन कुरिबसेका ओलीलाई बालुवाटार पुगेर भेटे । संसद विघठनको अवस्थामा रहेका ओलीले प्रचण्डलाई सिधैं कुरा बताए । अनि प्रचण्ड र ओली दुबैलाई एउटै षड्यन्त्रको शिकार हुन लागेको भान भयो । ओलीले पनि सधैंको ठाडो स्वभाव झै व्यावहार गरेनन् बरु उल्टो प्रचण्डलाई भने, –सँगै जाउँ । बजेट ल्याएपछि तपाई नै बन्नुहोला । स्थानीय चुनावसम्म गठबन्धन सँगै लैजाउ ।
के थियो भारतीय गेमप्लान ?
देउवामार्फत प्रचण्डलाई ओली सरकार ढाल्न उक्साएको भारतले केही भारतीय अधिकारी मार्फत प्रधानमन्त्री ओलीलाई पनि उसैगरी उक्साईरहेको थियो ।
तत्कालै निर्णय गर्न र नेतृत्व लिन भनेर भारतीय दुतावासबाट प्रचण्डलाई बुधबार दिनभर जस्तो ताकेता आउन थाल्यो । सम्पर्कमै नरहेको दुताबास एक्कासी सक्रिय हुनुलाई प्रचण्डले गम्भिर रुपमा लिए । भारत प्रचण्ड उचालेर ओलीमाथि अविश्वासको प्रस्ताव लैजाने ओली उचालेर संसद विघठन गराउने भित्रि योजनामा थियो । प्रचण्डलाई एकाथरी मानिसहरुले जसरी उचालिरहेका थिए उसैगरी ओलीलाई पनि संसद विघटनका लागी उचालिएको थियो ।
संसद विघटन हुनासाथै न सरकार रहन्थ्यो न नयाँ संविधान नै । अस्थिरताको अवस्था सिर्जना गरेर हिजो खिलराज रेग्मी जस्तै अर्को सरकार बनाउने योजना भारतको थियो । यही अस्थिरताकैबिच धार्मीक कुरा उठाउने र आन्दोलनको अवस्था बनाउने गुरु योजना लिएर भारतीय केही अधिकारीहरु काठमाडौंमा सक्रिय रहेको स्रोत बताउँछ ।
जब प्रचण्डले बुझे…
माथि भनिएजस्तो भारतीय योजना प्रचण्डले बुझेपछि बुधबार राति नै ओलीलाई फोन गरेर कुनै पनि निर्णय गर्न नहतारिन भनेको बालुवाटार स्रोतको दावी छ । बिहिबार बिहान पार्टीका उपल्ला तहका नेताहरुलाई बोलाएर ओलीसँगको गठबन्धन तोड्न नहुने भनी र त्यसले पार्टी र मुलुकलाई नै घाटा हुने बताएका प्रचण्डले नै प्रम ओलीलाई मन्त्रीपरिषदको बैठक साँझसम्म सार्न लगाएका थिए ।
बिहिबार बिहान आफ्नै निवास आईपुगेका देउवालाई तत्काल आफ्नो सम्भावना नरहेको भन्दै फिर्ता गरेका थिए भने एमालेका उपाध्यक्ष वामदेव गौतमलाई ओली सरकारकै निरन्तरता तर केही शर्त पुरा गर्नुपर्ने धारणा राखेर पठाएका थिए ।