धादिङ जिल्लाका २३ हजार ९ सय हेक्टर बनहरुमा डढेला लाग्यो

Avatar photo
Dhadingpost
बुधबार, बैशाख २२, २०७३

धादिङबेसी बैशाख २२ । धादिङ जिल्लाका २३ हजार ९ सय २५ हेक्टरे सामुदायिक तथा कबुलियती बनहरुमा डढेलो लागेको छ ।

धादिङको कुल ९२ हजार ८ सय ५४ हेक्टर क्षेत्रफल वनहरु मध्ये बैशाख १५ गते सम्मको तथ्याङ अनुसार २३ हजार ९ सय २५ हेक्टर सामुदायिक बनहरुमा डढेलोले सखाव बनाएको जिल्ला बन कार्यालय धादिङले जानकारी दिएको छ ।

धादिङ जिल्लामा ६ सय ९१ वटा सामुदायिक बन उपभोक्ता समुहलाई २९ हजार ५० दशमलब सात दुई हेक्टर बन, ७१ हजार ६२ घरधुरीलाई हस्तान्तरण गरिसकेको छ ।

त्यस्तै ४ सय ५३ गोटा कबुलियती बन, ३ हजार ८ सय ७२ घरधुरीलाई १ हजार ७ सय ३१ दशमलब एक सात हेक्टर बन क्षेत्र कबुलियती बनको रुपमा हस्तान्तरण गरि सकिएको जिल्ला बन कार्यालय धादिङका बन अधिकृत इमनाथ पौडेल बताउनु हुन्छ ।
बन बिकास कार्यक्रमहरुमा सामुदायिक वन विकास कार्यक्रम र कबुलियती बन तथा पशु बिकास कार्यक्रमले मौजुदा वनको बिकास तथा गरिवी निवारणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

डढेलो सम्बन्धी जिल्ला बन कार्यालय धादिङले चेतनामुलक कार्यक्रमहरु, सूचनाहरु विभिन्न माध्यमबाट प्रसारण गरे पनि बन जंगलमा डढेलोकोे नियन्त्रण भने अझै हुन सकेको छैन् । धादिङ जिल्लाका उत्तरी भेग देखि दक्षिणी भेगका सामुदायिक बनहरुमा डढेलोका कारण बन जंगलको बिनास भएको छ ।

वन जंगलमा डढेलो लगाउने ब्यक्ति पहिचान भए बन ऐन २०४९ को दफा ५० को उप दफा १ को (ख) अनुसार १० हजार जरिवाना, १ बर्ष सम्म कैद वा दुवै सजाय हुने प्रावधान रहेको बन अधिकृत इमनाथ पौडेल बताउनु भयो । यति धेरै वनहरुमा लागलागी हुँदा सम्म कहि कतैबाट उजुरी परेको छैन र अहिले सम्म कोही कसैलाई वन डढेलो लगाएको आरोपमा मुद्धा लगाईको भने छैन ।