काठमाडौ बैशाख २२ । एमाले र एमाओवादी सहितको सरकार ढाल्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले हस्ताक्षर अभियान सुरु गरेको छ ।
कांग्रेसले आफ्ना सांसदहरुको हस्ताक्षर अभियान सुरु गरेको काँगेस सांसद रामहरि खतिवडाले जानकारी दिनुभयो ।
हस्ताक्षरपत्रमा पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको नाम सबैभन्दा माथि राखिएको छ ।
एकिकृत माओवादीले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको केही समयपछि नै कांग्रेसले हस्ताक्षर अभियान शुरु गरेको हो ।