नेपाली काँग्रेस निकट मजदुरले पनि मनाए मजदुर दिवस

Avatar photo
Dhadingpost
सोमवार, बैशाख २०, २०७३

धादिङबेसी बैशाख २० । अन्तराष्ट्रिय श्रमिक दिवसको अबसरमा नेपाली काँग्रेस निकट नेपाल ट्रेड युनियन काङ्ग्रेस जिल्ला समिति धादिङले जिल्ला अस्पताल धादिङका विरामीहरुलाई स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरेको छ ।

नेपाल ट्रेड युनियन काङ्ग्रेस जिल्ला समिति धादिङका उपाध्यक्ष पोषनाथ अधिकारीले धादिङमा मजदुरहरुको अवस्थाको बारेमा जानकारी गराई शुरु गरिएको फलफूल वितरण कार्यक्रममा नेपाली काँग्रेसका धादिङका उपसभापति भक्त लामा, पूर्व सभापति रामनाथ अधिकारी, ट्रेड युनियन काँग्रेस धादिङका संस्थापक अध्यक्ष्य सिताराम प्रसाद वर्मा लगायतको सहभागिता रहेको थियो ।

यसै विच नेपाल ट्रेड युनियन काङ्ग्रेस जिल्ला समिति धादिङले श्रमिक दिवसको अवसरमा नेपालमा श्रमिकको अवस्था र चुनौति विषयक अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो ।