केशव सिंखडा,
धादिङ सुनौलाबजार बैशाख १९ । एमाओवादी धादिङका अध्यक्ष रामबहादुर भण्डारीले मलुकको आर्थिक समृद्धिका लागि सबै वाम शक्तिहरु एक ठाउँ हुनुपर्ने बताउनु भएको छ ।
सुनौलाबजारमा शनिबार कार्यकतालाई प्रशिक्षिण दिदै साना तिना मतभेदहरुलाई चुलो चौकामा नराख्न आग्रह गर्दै, अब संविधान कार्यान्वयन गर्दै मुलुकलाई आर्थिक समृद्धि तर्फ लानु पर्ने बताउनु भएको हो ।
उहाँले बिचार मिल्ने जति वाम पार्टीहरु सँग एकता हुने र वैचारीक मतभेद रहेका वाम पार्टीहरु सँग कार्यगत एकता गरेर भए पनि मुलुकलाई समुन्नत बनाउन एमाओवादी लागेको समेत बताउनु भएको थियो ।
कार्यकर्तालाई लचिलो बन्न आग्रह गर्दै अध्यक्ष भण्डारीले अब वाम एकता सुरुहुन्छ पदिय हिसावले कोही तलमाथि होला सबै त्याग गर्न तयार रहन आग्रह गर्नुभएको थियो ।
नीलकण्ठ नगरपालिका वर्डा नं. ५ र ६ को संयुक्त प्रशिक्षणमा एमाओवादी धादिङका सह सचिव मनराज भण्डारी, जिल्ला सचिवालय सदस्यहरु दिपक विश्वकर्मा, रामसिंह तामाङ, वाईसिएल र अखिल क्रान्तिकारी धादिङका अध्यक्षहरु राजेश अधिकारी र माधव छत्कुली लगायतको आतिथ्यता रहेको थियो ।
प्रशिक्षण पछि नुरकुमार श्रेष्ठको अध्यक्षतामा नीलकण्ठ नगरपालिकाको वर्डा नं. ६ र ध्रुव श्रेष्ठको अध्यक्षतामा वर्डा नं. ५ स्तरीय वर्डा कमिटी समेत गठन गरिएकोे छ ।