धादिङ, म आफु मेनपावरहरुले राज्यलाई नै आँखामा छारो हालि रहेका छन् । दिनदिनानु दिन वैदेशिक रोजगारीमा जानेहरुलाई ठगि रहेका छन् भनेर निरन्तर समाचार लेख्ने व्यक्ति हुँ ।
तर म आफै निरिह बन्दै १ लाख १० हजार तिरेर साउदी जान लागेको युवालाई पुर्याउन विमानस्थल सम्म पुगे ।
मेरो काका धादिङ नलाङ निवासी रामहरि सिलवाल आफन्तबाटै ठगिदै १ लाख १० हजार तिरी रोजगारीका लागि साउदी अप्रिल २८ गते नेपालबाट एयर ईन्डियाको विमान हुँदै भारत पुग्नु भयो र १४ घण्टा भारतिय विमान स्थलमा बिताई २९अप्रिलको बिहान ४ बजे साउदी पुग्ने टिकटमा उल्लेख थियो ।
इच्छा नहुँदा पनि जानु पर्ने बाध्यता सिलवाललाई
वेरोजगारीले थलिएका मेरा काका काठमाडौं एक विस्कुट कारखानामा काम गर्नु हुन्थ्यो, यहि सिलसिलामा उहाँको दाहिने हातको माझि औं मेसिनले छिनायो त्यस पछि घर फर्किनु भयो ।
घरमा पनि केहि उपलब्धी हुने नदेखे पछि गाउकाँ अधिकाँश युवा विदेश गएको देखे पछि आफु पनि विदेश जाने मनसाय बानाउनु भयो । नाताका हिसावले आफ्नै मान्छे दाङ घर भएका हरि कुँवर नामका व्यक्तिले आफुले राम्रो काम खाजी विदेश पठाउने भन्दै एमआरपी मागे ।
त्यस पछि मेरा ति काकाले होटल या सुपर मार्केटको लागि पहल गरि दिन भने र हुन्छ भनि कामको अफर आउना साथ पठाउँछु भने । काकालार्ई कामको जानकारी लिन काठमाडौको स्वस्तिक मेनपावरमा समेत ति कुवरले लगे । केहि महिना पछि खवर गरे तपाईको भिसा लाग्यो पैसा पठाई दिनु परर्यो ।
एजेन्टले खोज्दे कै काममा जानु पर्ने नत्र कडा धम्की
कुन कामको लागि भनेर बुझ्दा ड्राईभिङको लागि आफुले यस सम्बन्धी केहि जानेको छैन । भो यो कामको लागि नजाम् मेरो हातको एउटा औंला छैन भनेर भन्दा ति आफन्त कुवँरले गाली गलौज गरे, धम्की दिए पारिवारीक रुपमा बनेको सुमधुर सम्बनध जिग्रेला ।
तपाई नजाने भए भिसा लागि सकेको छ ७५ हजार तिर्नु पर्छ गएनी नगएनी भन्ने जवाफ आयो । नजाँदा ७५ हजार तिर्नु पर्ने कुराले पिरिएका सिलवाल धादिङबेसीमा रहेर सुरक्षित वैदेशिक रोजगार प्रोजेक्ट संचनलन गरि रहेको एनजीओ आवाज अभियानबाट पनि चित्त बुझ्दो जवाफ नआए पछि त्यहि काममा जाने मनसायले धादिङबेसीमा १ महिना ड्राईभिङ सिक्नुभयो ।
बील समेत किर्ते
पटक पटक गरी १ लाख १० हजार दिएको भौचर साथमा राखेका रामहरीले शुल्क तिरेको रसिद भने जम्मा १० हजारको मात्र पाउनु भएको छ । त्यो १० हजारको नगदी रसिद पनि सम्बन्धीत म्यानपावरको हो कि हैन नत रिसिभ गर्ने मान्छेको हस्ताक्षर छ नत संस्थाको छाप नै ।
ढाँटियो म्यानपावरको नाम समेत
सुरुमा वैदेशिक रोजगारीका लागि पुगेको म्यानपावर स्वस्तीकबाटै भिसा लागेको कुँवरले बताए पनि अन्तिम क्षण प्लेन चड्नु पूर्व त्रिपल स्टार म्यानपावरका एजेण्ट विमल गुरुङलाई भेटाई दिए अनि मात्र आफुले अन्तिम क्षणमा आएर मात्र त्रिपल स्टारबाट विदेश जानलागेको थाहा पाएका थिए ।
पेशाले ट्राभल्स एजेन्सिमा काम गर्ने कुँवरले विभिन्न म्यानपावरमा सम्पर्क गर्ने र जुनले बढी पैसा दिन्छ त्यहि मान्छे पठाई दिने म्यानपावर र व्यक्ति दुवै तिरबाट पैसा असुल्न पाईने भएपछि कुँवर अहिले यहि पेशालाई प्रधान मानि काम गरि आएका छन् ।
काका साउदी अरब पुगेको खबर शनिबार बिहानै पाएँ । तर जुन सम्झौतामा उहाँ जानुभएको थियो, त्यो लागु भएन । ड्राइभिङ भिसामा साउदी पुगेका उनलाई हेल्परको काम दिएको छ रे । यहाँबाट ८ घन्टाको ड्युटी भनेर पठाइए पनि १२ घन्टादेखि १६ घन्टासम्म खट्नुपर्छ रे । टेलिफोनमा उनी भन्दै थिए, ‘मलाई लुट्नेहरूलाई के गर्ने होला ?
फ्री भिषा फ्री टिकटको नारा नारामै सिमित भए । ठग्ने दलालीहरु र लुट्ने म्यानपावरहरु कार्वाहीको भागिदार हुनु पर्छ । यस विसयमा तमाम् सरोकारवालाहरुले लुट तन्त्रको पर्दाफस गर्ने कि ?