धादिङबेसी बैशाख १८ । धादिङबेसीमा पहिलो पटक सरकारी कर्मचारी र क्रिया शिल पत्रकार बीच मैत्रिपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ ।
प्रथम राष्ट्रिय पत्रकारिता दिवस, २०७३ को अवसरमा आगामी २४ गते विहान ७ः३० बजे मैत्रिप्र्ण फुटबल प्रतियो गिता हुन लागेको हो । प्रथम राष्ट्रिय पत्रकारिता दिवस, २०७३ जिल्ला समारोह समितिको निर्णय अनुसार दिवास बैशाख २३, २४ र २५ गते गरि ३ दिन मनाईने छ ।
दिवसको अवसरमा हुने कार्यक्रमहरु
१. पथम पत्रकारीता दिवस २०७३ को सन्दर्भमा नेपाली पत्रकारीताको अवसर सम्भवना र चुनौति विषय केन्द्रित प्रकाशन तथा कार्यक्रमहरु उत्पादन गरी प्रशारण गर्ने
२. २०७३ बैशाख २३ गते विहान ७ बजे जिल्ला अस्पताल धादिङमा भर्ना भई उपचार गराईरहेका विरामीहरुलाई फलफूल वितरण
३. २०७३ बैशाख २४ गते विहान ७ः३० बजे क्रियाशील पत्रकार र कर्मचारी बीच मैत्रीपूर्ण फुटवल प्रतियोगिता गर्ने ।
४. २०७३ बैशाख २४ गते विहान महिला पत्रकारहरु वीच म्युजिकल चियर प्रतियोगिता हुने छ ।
प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीको अध्यक्ष ३ दिन सम्म विभिन्न कार्यक्रम गरि मनाइन लागेको राष्ट्रिय पत्रकारिता दिवस, २०७३ जिल्ला समारोह समितिका सदस्य सचिव भोला गौतमले धादिङपोष्टलाई जानकारी दिनुभयो ।
मुलआयोजक समितिमा को-को छन्
१. अध्यक्ष प्रमुख जिल्ला अधिकारी श्री विश्वप्रकाश सुवेदी
२. सदस्य स्थानीय विकास अधिकारी श्री भगवान अर्याल
३. सदस्य, अध्यक्ष पत्रकार महासंघ धादिङ श्री नवराज छतकुली
४. सदस्य, जिल्ला हुलाक कार्यालय प्रमुख श्री श्री डिलराम विश्वकर्मा
५. सदस्य, सरकारी संचार माध्यमका जिल्ला स्तरमा कार्यरत पत्रकार, शिव सिलवाल (नेपाल टेलिभिजन)
६. सदस्य, सरकारी संचार माध्यमका जिल्ला स्तरमा कार्यरत पत्रकार, सीताराम प्रसाद बर्मा (रा.स.स.)
७. सदस्य, सरकारी संचार माध्यमका जिल्ला स्तरमा कार्यरत पत्रकार, सीताराम अधिकारी (रा.स.स.)
८. सदस्य, सरकारी संचार माध्यमका जिल्ला स्तरमा कार्यरत पत्रकार, नवराज छतकुली (रेडियो नेपाल)
९. सदस्य, पेशागत संजालको जिल्लास्तरीय समितिका अध्यक्ष वा प्रतिनिधि श्री पोषनाथ अधिकारी (अध्यक्ष प्रेस युनियन)
९. सदस्य, पेशागत संजालको जिल्लास्तरीय समितिका अध्यक्ष वा प्रतिनिधि श्री नारायणचन्द्र सुवेदी (अध्यक्ष प्रेस चौतारी)
१०. सदस्य, पेशागत संजालको जिल्लास्तरीय समितिका अध्यक्ष वा प्रतिनिधि श्री नारायण सिलवाल (अध्यक्ष क्रान्तिकारी पत्रकार संघ)
११. सदस्य, सूचना र संचार क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनमा कार्यरत गै.स.स.को प्रतिनिधि एक जना
१२. सदस्य सचिव जिल्ला विकास समितिको सूचना अधिकृत श्री भोला प्रसाद गौतम