एजेन्सी । साउदी अरबको सबैभन्दा ठूलो कम्पनी बिनलादिन समूहले ५० हजार मानिसलाई जागीरबाट निकालिदिएको छ ।
कच्चा तेलको मूल्यमा ठूलो गिरावट आएको भन्दै उसले आफ्नो कम्पनीमा कर्मचारी कटौती गरेको हो । तेलको मूल्यमा कटौती हुँदा ठूलो नोक्सानी ब्यहोर्नु परेको सउदी अरबले विभिन्न उपाय निकालिरहेको जनाइएको छ ।
मक्काको मस्जिदमा १सय ७ जना मारिने गरी भएको क्रेन दुर्घटनामा यस कम्पनी पनि दोषी पाइएपछि यसमाथि प्रतिबन्ध लगाइएको थियो ।