गुरुङहरु संगठित भएका ३ संगठनको सम्मेलन जारी

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख १७, २०७३

धादिङ बैशाख १७ । गुरुङको नेतृत्व गर्ने ती वटा संगठनको अधिवेशन धादिङबेसीमा सुरु भएको छ ।

तमु ह्युल छोंज धि.जिल्ला कार्य समिति धादिङको चौथो अधिबेशन, तमुस्यो ह्युल छाेंज धि. जिल्ला कार्य समिति धादिङको दोस्रो अधिबेशन र तमु विद्यार्थी जिल्ला कार्य समिति धादिङको दोस्रो अधिबेशन धादिङबेसीमा सुरु हो ।

तमु ह्युल छोंज धि जिल्ला कार्य समिति धादिङका अध्यक्ष कुल बहादुर गुरुङको अध्यक्षता रहेको कार्यक्रममा तमु ह्युल छोंज धि का केन्द्रिय अध्यक्ष रेशम बहादुर गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै तमुस्यो ह्युल छोंज धि का मिना गुरुङ, नेपाली काङग्रेस धादिङका सभापति रमेश प्रसाद धमला, एकिकृत नेकपा माओवादी धादिङका जिल्ला अध्यक्ष राम बहादुर भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका भिम लगायतको सहभागिता रहेको थियो ।

उद्घाटन सत्रको कार्यक्रममा सहभागिहरुले गुरुङ जातिहरुले आफ्नो पहिचान झल्कने मौलिक साँस्कृतिकलाई संरक्षण गर्न नसक्दा बिस्तारै लोप हुँदै जान लागेको बताएका थिए । अधिवेशन भोलि सम्म चल्लने बताईएको छ ।