बुढिगण्डकी परियोजना क्षेत्रको जग्गा पुन किनवेच सुरु हल्ला मात्र

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख १७, २०७३

धादिङ बैशाख १७ । बुढिगण्डकी जलविद्युत परियोजनाको प्रभावित क्षेत्रका जग्गा किनवेच गर्न खुल्ला नगरिएकोे नापी कार्यालय धादिङका प्रमुख सोम प्रसाद गौतमले बताउनु भएको छ ।

चैत्र १२ गते देखि जग्गा किनवेच गर्न रोक्का गरी फेरी खुल्ला गरिएको हल्ला चले पनि जग्गा किनबेचमा भने खुल्ला नगरिएको गौतमले बताउनु भएको हो ।

बुढिगण्डकी जलविद्युत परियोजना अन्तगतका जग्गाहरु किनबेच खुल्ला भयो भन्ने हल्ला भएका हल्लाको पछि नलाग्ने स्थानीय बासीहरुलाई गौतमले आग्रह गर्नु भएको छ ।

करिव रु २ खर्ब लागतको सो आयोजना काठमाडौँ, पोखरा, नारायणगढ जस्ता महत्वपूर्ण सहरको विद्युत् मागलाई सम्बोधन गर्न प्रभावकारी हुने विश्वास लिइएको छ । कुल २ सय ६३ मि अग्लो बाँध बनाउँदा सो आयोजनाले फेवाताल भन्दा १५ गुणा ठूलो ताल बन्ने छ ।

आयोजना प्रभावित स्थानीय आफूले पाउने क्षतिपूर्ति, मुआब्जा, पुनर्वास, पुनःस्थापनाको ढाँचा के हो भन्नेमा सरकारी निकायबाट स्पष्ट ढाँचा समेत सार्वजनिक गरिसकेको छ ।