चितवन, वैशाख १४ । चितवनको शक्तिखोरमा एमाले र एमाओवादीका युवाहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
कालिका नगरपालिका वडा नम्वर ४ काँग्रेसले आईतबार आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा ति युवाहरु काँग्रेसमा प्रवेश गरेका हुन् ।
उनिहरुलाई काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ र व्यवस्थापिका संसदका सदस्य शेषनाथ अधिकारीले सिंयुक्त रुपमा टिका लगाएर पार्टी प्रवेश गराउनु भएको थियो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस चितवनका सभापति श्रेष्ठले काँग्रेस लोकतन्त्रको बलियो आधार रहेको बताउनुभयो । काँग्रेसका कारण देशले संविधान पाएको र उसैले लोकतन्त्रलाई संस्थागत गर्न सक्ने उहाँले बताउनु भएको थियो ।