धादिङबेसी बैशाख १४ । पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित ११ जिल्लामा अनुदान पाउन योग्य घरधनीको सूची सार्वजनिक गरेको छ ।
पुनर्निर्माण प्राधिकरण ले सार्वजनिक गरेको सुचि अनुसार धादिङ जिल्लाबाट २३ हजार ४ सय ४० ले मात्रले अनुदान पाउने उल्लेख गरेको हो ।
अन्य जिल्लाहरुमा धाँदिङ, गोरखा दोलखा, सिन्धुपाल्चोक, रामेछाप नुवाकोट लगायत ११ जिल्लाका ३ सय ८३ गाबिसमा तथ्याङक सक्कलन गरि प्राधिकरणले ३ लाख ९ सय ६१ घरधुरीको सूची सार्वजनिक गरेको हो । अनुदान पाउन योग्य घरधनीको सूची सम्वन्धित जिल्ला प्रशासन कार्यलयमा पठाईसकिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार अनुदान पाउनयोग्य घरधनीको संख्या ओखलढुङ्गामा १५ हजार पाँच, सिन्धुलीमा २१ हजार १ सय १४, रामेछापमा ३० हजार ५ सय १९, दोलखामा ४९ हजार ७ सय ५१, सिन्धुपाल्चोकमा ३५ हजार ३ सय ८, काभ्रेपलाञ्चोकमा ४० हजार २ सय ६४, नुवाकोटमा ३८ हजार २ सय ३५, रसुवामा पाँच हजार ४ सय १७, मकवानपुरमा सात हजार ४ सय १२ र गोरखामा ३४ हजार ४ सय ९६ छ ।