२ माओवादी बीच भोलि निर्णायक बार्ता हुँदै

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख १४, २०७३

धादिङबेसी बैशाख १४ । टुटफुटबाट गुज्रेका माओवादीहरुबीच एकीकरणको प्रयास घनिभूत भएको छ । क्रान्तिकारी माओवादी र एमाओवादीबीच वैशाख १५ गते निर्णायक वार्ता हुने एमाओवादी स्रोतले बताएको छ । वार्ताले सकारात्मक निश्कर्ष निकाल्ने पनि सो स्रोतको दावी छ । यो वार्तामा दुवै पार्टीका शीर्ष नेताहरु बस्ने बताइएको छ ।

आजको समयबद्व साप्ताहकिमा खबर छ । दुई वर्षदेखि यी दुई ठूला माओवादीहरुबीच औपचारिकरअनौपचारिक रुपमा एकता वार्ता चल्यो । एमाओवादी र संसद्वादीबीच संविधान जारी गर्नका लागि १६ बुँदे सहमति गर्नुपूर्व एकताको तिथि जुराइरहेका थिए । १६ बुँदे सहमतिपछि राजनीतिक परिस्थिति नयाँ मोडमा पुग्यो । एकथरीले नयाँ संविधानलाई उत्कृष्ट भने र अर्कोथरिले जलाउँदै हिँडे । यसले एकता निकै टाढा पुगेको अनुभूत गरिएको थियो ।

अग्रगामी एजेण्डालाई स्थापित गर्दै क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउने भन्दै किरणको नेतृत्वमा रहेको पुनर्गठित ड्यास माओवादीपछि क्रान्तिकारी माओवादीले सिद्धान्तनिष्ठ एकताका लागि सबै माओवादीहरुबीच पहल बढायो ।

संविधान र विद्यमान राज्यसत्ताको सन्दर्भमा एमाओवादीले आफ्नो दृष्टिकोण सच्याएमा एकता गर्न सकिने भन्यो । किरण–वादलले यस्तो एकताको प्रस्ताव एमाओवादीमा लैजादा पार्टीमा धेरैले विरोध गरेका थिए । एमाओवादीको शीर्ष नेतृत्व अब नसच्चिने ठाउँमा पुगेको उनीहरुको मत थियो ।

एमाओवादीले संविधान र राज्यसत्ताको सन्दर्भमा सकारात्मक जवाफ लिखित रुपमा नै पठाएपछि परिस्थिति सकारात्मक दिशामा गयो । जनताले उठाएका कतिपय प्रगतिशील एजेण्डा संविधानमा उल्लेख भए पनि यो सारतः जनताको पक्षमा होइन भन्ने एमाओवादीले पनि मत राख्यो । विद्यमान राज्यसत्ता जनविरोधी हो भन्नेमा ऊ पुगेको छ । समाजवाद र नयाँ जनवादसम्बन्धी कार्यदिशामा स्वस्थ बहसद्वारा निश्कर्षमा जान सकिने भन्नेमा एमाओवादीले वाटो खोलेको छ ।

यसले एकताका लागि नजिक ल्याइपु¥यायो । क्रान्तिकारी माओवादीका अधिकांश केन्द्रीय सदस्यले वैठकमा एकतालाई सार्थक निश्कर्षमा पु¥याउनुपर्छ भन्दै मिलेर काम गर्न किरण–वादललाई सुझाव दिए । दुई नेताले आन्तरिक र वाह्य एकतालाई सुदृढ गर्न भगीरथ प्रयास गरिरहेका छन् । यो सकारात्मक परिणाम निकाल्ने दिशामा उद्धृत छ ।

क्रान्तिकारी माओवादी र एमाओवादीबीच बहसरछलफल चलिरहँदा दुई पक्षीय÷वहुपक्षीय रुपमा मात्रिका यादव, मणि थापाहरुसँग पनि एकता वार्ता चलिरहेको छ । विप्लव माओवादीमा रहेका एकथरी नेता तथा कार्यकर्ताहरु पनि एकता प्रक्रियामा सामेल भएका छन् ।
पार्टी नाम, नेतृत्वको बारेमा पनि सबै पक्ष खुल्ला नै छ । पार्टीको नयाँ नामको बारेमा सबै पक्षले आआफ्नो प्रस्ताव राखेका छन् । नयाँ नामका बारेमा धेरै माथापच्ची हुने देखिदैंन । रगत र पसिनाले स्थापित भएको नाम नेपाल कम्युनिस्ट पार्टी ९माओवादी० नै राख्नु सही रहेको मात्रिका यादवको मत रहेको छ ।

यादवले विगतको संगठनात्मक सञ्चालनको विधिलाई पनि नयाँ पार्टीमा बदल्नुपर्ने मत राखेका छन् । सैद्धान्तिक सहमति भइसकेको अवस्थामा एकता संयोजन समिति बनाएर तत्काल जाँदा सही हुने यादवको भनाइ रहेको छ ।
मणि थापाको नेतृत्वमा रहेको पार्टीले त एकताका लागि ढिलो गर्नै नहुने र ढिलो हुँदा प्रतिक्रान्तिकारीले खेल्ने मौका पाउने मत राख्दै आएको छ ।

किरणको नेतृत्वमा रहेको क्रान्तिकारी माओवादी र प्रचण्डको नेतृत्वमा रहेको एमाओवादी पार्टीका शीर्ष नेताहरुको वैशाख १५ गतेको वार्ताले एकताको मुख्य प्रक्रिया टुंग्याउने अपेक्षा गरिएको छ । यो प्रक्रियामा मात्रिका, मणिका साथै विप्लव माओवादीको एउटा हिस्सा पनि सामेल हुनेछ ।

अन्तर्राष्ट्रिय एक मईको ऐतिहासिक सन्दर्भ पारेर एकता गर्नुपर्ने एकथरि माओवादीहरुको मत रहेको छ तर एकथरि माओवादीहरु भने एकता आफैं ऐतिहासिक कार्य भएकाले ऐतिहासिक दिन कुर्नु नपर्ने मत राखेका छन् । ‘हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने भन्दा परिपक्व ढंगले नै यसलाई टुंग्याउनुपर्छ’ क्रान्तिकारी माओवादीका एक सचिवालय सदस्यले बताएको रातो पाटीले खवर लेखेको छ ।