अजय गुरुङ (तक्के) लगायतको सम्झनामा श्रद्धाञ्जली

Avatar photo
Dhadingpost
बैशाख १२, २०७३

अमृत तामाङ,
धादिङबेसी वैशाख १२ । योङ कम्युनिष्ट लिग (वाईसिएल) धादिङले आफ्ना जिल्ला कमिटी सदस्य अजय गुरुङ (तक्के) लगायत भुकम्पमा परेर ज्यान गुमाउनेहरुको सम्झनामा श्रद्धाञ्जली तथा दिपप्रज्वलन गरेको छ ।

धादिङबेसी स्थित एमाओवादी पार्टी कार्यालय अगाडी मुल सडकमा भेला भएका वाईसिएल कार्यकर्ताहरुले आफ्ना क्रियशिल कार्यकर्ता नीलकण्ठ नगरपालिका दुरसंचार चोकका अजय गुरुङ (तक्के) लगायत सम्पूर्ण भुकम्पमा परि दिवंगतहरुको सम्झनामा दिप प्रज्वलन गरेको वाईसिएल धादिङले जनाएको हो ।

वाईसिएल कार्यकर्ता (तक्के) गत वैशाख १२ गतेको भुकम्पमा परि काठमाडौं माछापोखरीमा ज्यान गुमाएका थिए ।

यसैगरि धादिङ उद्योग वाणिज्य संघ, धादिङ आवसिय उमावि लगायत संघ सस्थाहरुले पनि २०७२ बैशाख १२ गते गएको विनासकारी भुकम्पमा परी ज्यान गुमाएकाहरुको सम्झनामा आज दिप प्रज्जवलन तथा श्रद्धाञ्जली कार्यक्रम गरेको छ ।