निमारचोक निमाविको ५ कोठे अस्थाईटहरा समेत भत्क्यो

Avatar photo
Dhadingpost
आइतवार, बैशाख १२, २०७३

धादिङ मार्पाक वैशाख १२ । हावा हुरीले धादिङको निमारचोक निमावि मार्पाक ५ मा निमार्ण गरिएको ५ कोठे अस्थायी टिं एल.सि.भवन भत्केको छ ।
बैशाख १२ गते गएको विनासकारी भुकम्पले निमारचोक स्थित निमावि मार्पाकका विद्यालयको भवन पुर्ण रुपमा क्षति भएपछि साईकल सिटी नेतवर्कले बनाई टिएलसी भवन हावाहुरीले भत्तकाएको होे ।
हावाहुरीले विद्यालयको भवन भत्काए पछि बैशाख १३ गते देखि सञ्चालन हुने भनिएको निमारचोक निमावि मार्पाक ५ का पठन पाठन अनिश्चित बनेको छ । भोलीबाट सुरु हुने भनिएको थियो भोलि देखि संचालन गर्ने त अवास्था नै छैन अब विद्यार्थीहरु कहाँ कसरी पढ्ने भन्ने चिन्तित रहेका छन् ।
करिब २ सय विद्यार्थीहरुले यस विद्यालयमा पठन पाठन गर्दै आईरहेका थिए । विद्यालयमा निमार्ण गरिएको अस्थायी भवन हावाहुरीले भत्काईदिए पछि अब सरकारले छिटो भन्दा छिटो विद्यलायको पुन निमार्णमा जोडदिनु पर्ने कक्षा ८ का रन्जु पन्त बताउनु हुन्छ ।
भुकम्पले विद्यालयको भवन भत्काईदिए पछि अब कसरी भवनको निमार्ण गर्ने र विद्यार्थीलाई कसरी गुणस्तरी शिक्षा प्रदान गर्ने भन्ने विद्यालय ब्यबस्थापन समितिका पदाधिकारी र सिङगो विद्यालय परिवार चिन्तित भएका छन् । फोटो गुगलबाट लिएको हो ।