धादिङ वैशाख ११ । वैशाख १२ गते सार्वजनिक विदा रहेको भन्ने भ्रममा नपर्न गृह मन्त्रालयले आग्रह गरेको छ ।
सरकारले वैशाख १२ गते सार्वजनिक विदा दिएको हल्ला फिजाइएपछि गृह मन्त्रालयले सार्वजनिक विदा नभएको जनाएको हो ।
भूकम्प गएको एक वर्षको पुगेको अबसरमा वैशाख १२ गते सार्वजनिक विदा हुने हल्ला चले सँगै सरकारी कर्मचारी शिक्षक विद्यार्थी अन्यौंलमा परेका थिए ।