धादिङबेसी बैशाख १० । एमाओवादी धादिङले आज धादिङबेसीमा एक कार्यक्रमको आयोजना गरि १ सय ४६ औं लेनिन दिवस तथा ६७ औं कम्यूनिष्ट पार्टीको स्थापना दिवस मनाएको छ ।
एकिकृत नेकपा माओवादी धादिङका जिल्ला अध्यक्ष राम बहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक सरद कुमार खत्री, स्थानिय बिकास अधिकारी भगवान अर्याल, जिल्ला शिक्षा अधिकारी रेणुका पाण्डे, जिल्ला स्थित राजनीतिक पार्टीका प्रमुख एवम् प्रतिनीधिहरु, एकिकृत नेकपा माओवादी धादिङका पार्टी कार्य कर्ताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा एकिकृत नेकपा माओवादी धादिङका जिल्ला अध्यक्ष राम बहादुर भण्डारीले कम्यूनिष्ट नै काम छैन भनेर गएका लाई त के भन्नु आफु कम्यूनिष्ट भन्नेहरु एक हुनु पर्ने बताउनु भएको थियो । उहाँले फुटेर हैन एक आपसमा जुटेर नै सर्वहारा जनताहरुको हितका निम्ती संघर्ष उत्कर्षमा पुर्याउन सकिने बताउनु भएको थियो ।