धादिङबेसी बैशाख १० । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस र लेनिन दिवस नेपालका कम्युनिष्ट पार्टीले विभिन्न कार्यक्रम गरि मनाएका छन् ।
वि सं. २००६ साल वैशाख १० गते तत्कालीन राणा शासन विरुद्ध आन्दोलनका लागि भारत पुगेर पुष्पलाल श्रेष्ठ, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र निरञ्जन गोविन्द वैद्यले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नु भएको थियो ।
स्थापनासँगै विवाद सुरु भएको कम्युनिष्ट पार्टीमा जुटफुटको क्रम पनि तीव्र रुपमा हुँदै आएको छ । विभाजन हुँदै जाँदा अहिले एकदर्जन भन्दा बढी कम्युनिष्ट पार्टी भैसकेका छन् । विभाजित सवै कम्यूनिष्टहरुले आज १४६ औं लेनिन दिवस अर्थात् नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउदा एउटै मन्त्र जपेका छन् । सबै वाम एकै ठाम ।
प्रचण्ड अध्यक्ष एमाओवादी
एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण क्रान्तिकारी, देशभक्त एवम् परिवर्तनकारी शक्तिलाई एकताका लागि आग्रह गर्नुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस तथा तत्कालीन सोभियत सङ्घका नेता भिआई लेनिनको १४६औँ जन्मजयन्तीको अवसरमा एक शुभकामना सन्देश दिँदै प्रचण्डले देशका सम्पूर्ण क्रान्तिकारी कम्युनिस्ट र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरण आजको प्रमुख आवश्यकता भएको उल्लेख गर्नुभएको हो ।
वैद्य क्रान्तिकारी माओवादी
नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस र लेनिन दिवसका अवसरमा शुक्रबार शुभकामना वक्तव्य जारी गर्दै माओवादी शक्तिलाई एकताबद्ध तुल्याउनुपर्ने ऐतिहासिक कार्यभार आफूहरु सामु रहेको बताएका बताउनु भएको छ । ‘एकातिर देशमा बढ्दै गएको साम्राज्यवादी विस्तारवादी हस्तक्षेप तथा दलाल नोकरशाही पुँजीपति एवम् सामन्तवर्गीय उत्पीडनका विरुद्ध नयाँ जनवादी क्रान्तिको नयाँ तयारी र अर्को्तिर दक्षिणपन्थी संशोधनवादका विरुद्ध भीषण वैचारिक सङ्घर्ष चलाउँदै सच्चा क्रान्तिकारी कम्युनिस्टसहित माओवादी शक्तिलाई एकताबद्ध तुल्याउनुपर्ने ऐतिहासिक कार्यभार समुपस्थित रहेका छन् ।’ वैद्यको विज्ञप्तिमा उल्लेख छ
केपी ओली अध्यक्ष एमाले
काठमाडौँ, वैशाख १० गते । प्रधानमन्त्री केपी शर्मा ओलीलेसबै वाम शक्ति एक हुनुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टीको ६८ औँ स्थापना दिवसको अवसरमा नेकपा (एमाले) केन्द्रीय कार्यालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीले कम्युनिस्ट पार्टी अब विभाजित र विखण्डित नभई सकिन्छ पार्टी एकता गरेर एक हौं सकिदैन वैचारिक मतभेद छ भने पनि माक्र्सवाद–लेलिनवादलाई सिर्जनात्मक रुपमा प्रयोग गर्दै कार्यगत एकताका साथ अगाडी बढौं ।