काठमाडौं वैशाख १० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा यातायात सहकारी लिमिटेडका अध्यक्ष तथा आफुलाई वरिष्ठ पत्रकार भन्न रुचाउने कनकमणी दिक्षितलाई पक्राउ गरेको छ ।
पाटनढोका स्थित दीक्षित निवासबाट ‘गैरकानूनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको भन्ने आशंकामा उनलाई दिउँसो २ बजे पक्राउ गरिएको हो ।
प्रहरीले उनलाई दिएको पक्राउ पुर्जीमा ‘गैरकानूनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको विषयमा अनुसन्धान गर्नुपर्ने भएकाले सँगै आउन’ भनिएको छ । दीक्षितले पक्राउ पुर्जीमा हस्ताक्षर गर्न नमानेपछि प्रहरीले मुचुल्का उठाएको थियो ।
अख्तियारले पत्रकाटेका हरेकले भन्ने गरेको उत्ती दीक्षितले राख्दै अख्तियार प्रमुखले व्यक्तिगत इवि साँध्न खोजेको आरोप लगाएका छन् ।