धादिङबेसी बैशाख ८ । मातृ मृत्यु निगरानीका कारण नेपालमा १७ सय महिलाहरुको ज्यान जाने गरेको बरिष्ठ जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख जिवन कुमार मल्लले बताउनु भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय धादिङले आयोजना गरिएको मातृ मृत्यु निगरानी तथा प्रतिकार्य सम्बन्धी १ दिने जिल्ला स्तरीय अभिमुखीकरण तालिम सहभागिहरुले यस्तो बताउनु भएको हो ।
पछिल्लो समयमा नेपालमा मातृ मृत्युदरको संख्या उच्च रहेको छ । सन् २०१५ को अनुमान अनुसार संसार भरी ३ लाख महिलाहरु गर्भ सम्बन्धी जटिलताले मर्ने गरेको बिश्व स्वास्थ्य संगठनको तथ्याङक रहेको छ ।
गर्भवती भएका महिलाहरुले समय मै आफ्नो स्वास्थ्य परीक्षण गराउन सके नेपालमा मातृ मृत्युदरको संख्यामा कमी आउने मल्लले बताउनु भएको थियो ।
आर्थिक बर्ष २०७१/७२ मा गर्भबती भएको ६ जना आमाहरुले अकालमै मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय धादिङको तथ्याङकमा उल्लेख गरिएको छ ।