यो महिना वाईसिएल धादिङ के गर्दै छ (१ महिने कार्यविधि)

Avatar photo
Dhadingpost
आइतवार, बैशाख ५, २०७३

धादिङबेसी बैशाख ५ । जिल्ला सममेलनबाट राजेशअधिकारीको अध्यक्षतामा बनेको जिल्ला समितिको पहिलो बैठकले एक महिने कार्यविधि सार्वजीक गरेको गरेको छ ।
अमेरिकाको जलासय युक्त योजना बनाउन नदिने गरेको निर्णयको विरोध समेत वाईसिएलले गर्ने भएको छ । यसको विरोधमा वाईसिएल धादिङले र्याफ्टिङ् र्याली गर्ने एक महिले कार्यविधिमा उल्लेख छ ।

के छ ? एक महिने कार्यविधिमा

१. वैठकले यो बैशाख महिनाभर गाउँ सम्मेलन गर्न बाकि गाविसहरुमा गाउँ सम्मेलन गरि वाईसिएललाई गाउँ गाउँमा सक्रिय बनाउने
२. सम्मेलन भैसकेको गाबिसहरुमा वैठक गर्ने र वडा भेला गर्ने
३. जिल्लाका सरकारी कार्यलयहरुको प्रमुखहरुसंग सरकारी कार्यालयमा देखिएको अनियमिता, भ्रष्टचार र सेवाग्रही नोकर र कर्मचारी मालिक जस्ता देखिने विषयमा बृहत अन्तरक्रिया गर्ने
४. नेपालकै प्रतिष्ठित बुढीगण्डकी जलविद्युत परियोजना सफल गराउन बिभिन्न अभियान संचालन गर्ने
५. अमेरिकाले जलासय युक्त योजनाको विरोध गरेकोले त्यसको विरोध गर्ने र विरोधको कार्यक्रम अनुसार युवाहरुले र्याफ्टिङ मार्फत रयाली गर्ने
५. जिल्ला भित्र रहेका भ्रष्टचारी, तस्करी र कालोबजारी गर्नेलाई सामाजिक कारवाही गर्ने
६. जिल्ला भित्र रहेका INGO र NGO को काम कार्बाहिलाई निगरानी गर्ने
७. विभिन्न ठाउमा भित्तेलेखन गर्ने