तसर्फुमा रक्सीले मातेर श्रीमतीलाई खुकुरी प्रहार

Avatar photo
Dhadingpost
आइतवार, बैशाख ५, २०७३

निर्देश अर्याल,
धादिङबेसी तसर्पु बैशाख ५ । धादिङको तसर्पु गाउँ विकास समिति वडा नम्बर २ देवाली छापका ३२ बर्षीय पुर्न बहादुर तामाङले श्रीमतीलाई खुकुरी प्रहार गरेको छ ।

रक्सीले मातेर आएको श्रीमान पुर्न बहादुर तामाङले ३६ बर्षीय भिममाया तामाङको दाहिने पाखुरामा खुकुरी प्रहार गर्दा गम्भिर चोट लागेको छ । रातको समयमा रक्सीले मातेर आएको श्रीमानले पहिले कुटपिट गरी पछि एक्कासी खुकुरी प्रहार गरेको थियो ।

घाईते भिममाया तामाङको उपचारको लागि काठमाण्डौं लगिएको छ । श्रीमतीलाई खुकुरी प्रहार गर्ने श्रीमानलाई भने इलाका प्रहरी कार्यालय खानीखोलाको नियन्त्रणमा रहेको खानखिोला प्रहरीले जनाएको छ ।