सेक्युरिटी मजदुर संघ धादिङको प्रथम जिल्ला सम्मेलन सम्पन्न

Avatar photo
Dhadingpost
आइतवार, बैशाख ५, २०७३

संजय देवकोटा,
धादिङबेसी बैशाख ५ ।अखिल नेपाल ट्रेड युनियन महासंघ घटक संघ अखिल नेपाल सेक्युरिटी मजदुर संघ धादिङको प्रथम जिल्ला सम्मेलन सम्पन्न ।
सम्मेलनबाट अध्यक्षमा मिन बहादुर शाह चयन निर्वाचित हुनुभएको छ ।
मजदुरहरुको तलब बृद्धि गर्नु पर्ने, मजदुरहरुको संचय कोषको ग्यारेन्टी गर्नु पर्ने मुख्य उद्धेश्यका साथ मजदुर संघ धादिङको सम्मेलन गरिएको हो ।
जसमा उपाध्यक्षमा कृष्ण बहादुर गुरुङ, टंक बाँनिया, सचिवमा बेद नारायण श्रेष्ठ, कोषाध्यक्षमा बिष्णु प्रसाद अर्याल सहित १५ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको छ ।
अखिल नेपाल ट्रेड युनियन महासंघ धादिङका अध्यक्ष बद्री सुवेदीको अध्यक्षता रहेको कार्यक्रममा एकिकृत नेकपा माओवादी धादिङका जिल्ला अध्यक्ष राम बहादुर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।
यसै गरी एकिकृत नेकपा माओवादी धादिङका अध्यक्ष राम बहादुर भण्डारीले श्रमजिवि मजदुरहरुको हक हितको लागि एकिकृत नेकपा माओवादी पार्टी जस्तो सुकै परिस्थितमा पर्न लड्न तयार भएको बताउनु भएको छ ।