वाईसिएल धादिङद्वारा विरामीलाई फलफुल वितरण

Avatar photo
Dhadingpost
बैशाख ४, २०७३

धादिङबेसी बैशाख ४ । योङ् कम्युनिष्ट लिग धादिङले आज जिल्ला अस्पतालमा रहेका विरामीहरुलाई फलफुल वितरण गरेको छ ।
जिल्ला सम्मेलन पछिको नयाँ कार्य समितिको पहिलो वैठक सकेर एमाओवादी धादिङका जिल्ला अध्यक्ष रामबहादुर भण्डारी, वाईसिएलका केन्द्रिय सदस्य चन्द्रबहादुर सिलवाल (मिलन) वाईसिल कार्यकर्ताहरु जिल्ला अस्पताल पुगी विरामीलाई फलफुल वितरण कार्यक्रममा सहभागि हुनुभएको थियो ।

वाईसिएल धादिङ अब ब्यूझियो रोगबाट छटपटाहट विरामीलाई फलफुल वितरण पहिलो काम भएको वाईसिएल धादिङका राजेश अधिकारीले बताउनु भयो ।

हामीले फलफुल मात्र वितरण गरेका थिएनौ अस्पताल अनुगमन समेत हो अब जिल्लाका हरेक गतिविधि माथि वाईसिएलको निगारानी हुने समेत अध्यक्ष अधिकारीले बताउनु भएको थियो ।

वाईसिएल जनसेवामा पूर्ण समर्पित छ हामी व्यवहारबाट देखाउने छौ धादिङपोष्ठलाई उहाले बताउनु भयो ।