एजेन्सी बैशाख ४ । २४ घण्टा नवित्दै जापानमा फेरि अर्को शक्तिशाली भूकम्प गएको छ । जापानको कुमामोतोमा गएराति ७.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प जाँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ । भूकम्पबाट ठूला भवनहरु, पुल भत्किएका छन् । १० किलोमिटर नजिकबाट गएकाले ठूलो क्षति पुगेको छ । ठूला भवनमा केही पुरिएको आशंका गरिएको छ । राति १ बजेर २५ मिनेट जाँदा क्युशु क्षेत्रमा १० किलोमिटरको गहिराइमा ७ दशमलब ३ म्याग्निट्युडको भूकम्प मापन गरिएको अधिकारीहरुले बताएका छन् । केन्द्रविन्दुदेखि नजिकको शहर कुमामोतोमा कैयौं भवनहरु भत्किएका छन । संरचनागत क्षतिका कारण एउटा अस्पताल खाली गराइएको छ । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । अस्ति मात्रै जापानमा ६.२ रेक्टर स्केलको भूकम्प जाँदा कम्तिमा ९ जनाको मृत्यु भएको थियो ।