मैदीमा अपाङगता जागरणको भवन शिल्यान्यास गरियो

Avatar photo
Dhadingpost
शनिबार, बैशाख ४, २०७३

राम बहादुर बस्नेत,
धादिङबेसी बैशाख ४ । अपाङगता जागरण संस्था मैदी धादिङको भवन शिल्यान्यास कार्यक्रम सम्पन्न भएको छ । अपाङगताहरु अरुको निर्भर नगरी आफ्नै सिप सिकेर तालिम लिएर आत्मानिर्भर हुन सकयोस भन्ने मुख्य उद्धेश्यका भवनको शिल्यान्यास गरिएको हो ।
अपाङगता जागरण संस्था मैदीका अध्यक्ष ईश्वरी प्रसाद भट्टको अध्यक्षता रहेको कार्यक्रममा अपाङगता केन्द्रिय महासंघका अध्यक्ष तथा बरिष्ठ अधिबक्ता सुदर्शन सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा अपाङगता केन्द्रिय महासंघका तेज कुमारी तिवारीको बिशेष आतिथ्यता रहेको थियो ।
जिल्लामै अपाङगता संघको आफ्नै जग्गा नभए पनि तर अपाङग जागरण संस्था मैदीको भने आफ्नै जग्गा जग्गामा भवल बनाउन सुरु गरेको हो ।
कार्यक्रममा संस्थाका सचिव मनमाया लोप्पाले आर्थिक प्रतिवेदन रप्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । यसैगरी भवन निमार्णको लागि जिल्ला विकास समिति धादिङबाट रु ३ लाख, गाविसबाट रु ९५ हजार र बाँकी स्थानिय बासिन्दाबाट स्रोत जुटाउन राजनीतिक दलहरुद्धारा प्रतिवद्धता ब्यक्त गरेका थिए ।