अवैध मोबाइल सेट आजबाट नचल्ने

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख २, २०७३

काठमाडौँ बैशाख २ । अवैध रुपमा नेपाल भित्रिएका मोबाइल सेट बुधबारबाट नचल्ने भएका छन् । अवैध मोबाइलका कारण आपराधिक क्रियाकलाप बढेको र सरकारले ठूलो रकम राजस्व गुमाइरहेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले अवैध मोबाइल सेट बन्द गर्न लागेको जनाएको छ ।
प्राधिकरणले मोबाइल प्रयोग सम्बन्धी निर्देशिक जारी गर्दै अवैध मोबाइल सेटमा प्रतिबन्ध लगाउन लागेको हो ।
प्राधिकरणले राष्ट्रिय उपकर पहिचान र दर्ता कार्यान्वयन सम्बन्धी निर्देशिका जारी गरिसकेको छ । निर्देशिका अनुसार प्रत्येक मोबाइल ग्राहकले अन्तराष्ट्रिय मोबाइल उपकरण पहिचान ९आईएमइआई० दर्ता गर्नु पर्ने हुन्छ ।
प्राधिकरणले विदेशबाट व्यक्तिगत प्रयोगका लागि ल्याइएका मोबाइलको समेत (आईएमइआई) लिएर मात्र चलाउनुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ ।

गत फागुनमा नेपाल सरकार अर्थ मन्त्रालयले मोबाइलको अवैध व्यापार बन्द गर्न ‘मोबाइल ट्रर्याकिङ’ प्रणाली कार्यान्वयनमा ल्याउन निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार प्राधिकरणले मोबाइल प्रयोग सम्बन्धी निर्देशिका ल्याएको हो ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सूचना तथा सञ्चार मन्त्रालयमार्फत सम्बद्ध सेवा प्रदायकलाई ९आइएमइआई० र उपकरण पहिचान दर्ता प्रणाली (आईएमइआई) लागू गर्न निर्देशन दिएका थिए ।
यो निर्देशन लगत्तै फागुनमै सञ्चार मन्त्री शेरधन राईले सूचना तथा सञ्चार सचिव दिनेशकुमार थपलिया, दूरसञ्चार प्राधिकरण र दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई निर्णय कार्यान्वयन गर्न निर्देशन दिएका थिए ।

सोही निर्देशन अनुसार प्राधिकरणले अन्तरिम कार्यविधि बनाई सरोकारवाला निकायसँग छलफल गरेर आज अर्थात् वैशाख १ गतेबाट उक्त निर्देशिका कार्यान्वयन गर्ने भएको हो ।
प्राधिकरणको यो कदमले कानुनी ढंगबाट गरिने आयातले प्रोत्साहन पाउने, राजस्व संकलनमा सुधार हुने र सामाजिक सुरक्षालाई सबल बनाउन सकिने विश्वास सरकार तथा सम्बन्धित निकायले लिएको अन्नपूर्णपोष्टले छापेको छ ।