धादिङ घरभई पोखरामा पत्रकारीता गर्ने पत्रकारहरु संगठित बने

Avatar photo
Dhadingpost
बुधबार, बैशाख १, २०७३

गंगालाल गुरुङ,
पोखरा बैशाख १ । धादिङ जन्मथलो र पोखरालाई कर्मथलो बनाइ पोखराका विभिन्न संचारमाध्यममा आवद्ध पत्रकारहरु संगठित भएका छन् । जिल्ला बाहिरका पत्रकारहरु पोखरामा संगठित भएको यो पहिलो हो ।

बुधबार पोखरामा सम्पन्न भेलाले धादिङ पत्रकार समाज पोखरा गठन गरेको छ । समाजको अध्यक्षमा रञ्जन अधिकारी चयन भएका छन् । अध्यक्ष रञ्जन मूलपानी–७, धादिङ निवासी हुन् ।

उनी पोखराको विग एफएम र आदर्श समाज दैनिकमा कार्यरत छन् । समाजको उपाध्यक्षमा बसेरी, धादिङका रमेश तिमिल्सिना, सचिवमा आगिन्चोक–३, धादिङका हरि पन्त, सह–सचिवमा नीलकण्ठ–१, धादिङका गंगालाल गुरुङ र कोषाध्यक्षमा सुनौलाबजार–२, धादिङकी मीना राना मगर चयन भएका छन् ।

उपाध्यक्ष तिमिल्सिना पोखराको माछापुच्छे एफएम, सचिव हरि पन्त गोल्डेन न्यूज दैनिक, सह–सचिव गंगालाल रेडियो लेखनाथ र कोषाध्यक्ष मीना रेडियो जननीमा कार्यरत छन् ।

यसैगरी समितिको सदस्यहरुमा धादिङ नीलकण्ठ नपाकी सफलता आचार्य, नीलकण्ठ नपा–२ की टीका थापा मगर, सुनौलाबजार–२ की दुर्गा थापा मगर, ढोला–१ का अजय तामाङ, मूलपानीकी पुनम थापा मगर, चरौंदीका कुमार बस्नेत, धुँवाकोटका जय सारु मगर चयन भएका छन् । पदाधिकारी सहित १५ जना सदस्य रहने समितिमा ३ जना सदस्य पछि थप गर्ने बताइन्छ ।

यसैगरी समाजको प्रथम बैठकले सल्लाहकारमा मैदी–२ निवासी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रुद्र प्रसाद भट्ट, ज्यामरुङ निवासी केदार धमलालाई मनोनित गरेको छ । साथै समितिको पदेन सल्लाहकारमा धुँवाकोट निवासी, धादिङ–पोखरा सम्पर्क समितिका अध्यक्ष झम्कबहादुर सारु मगर रहेका छन् ।