मादल पसलबाटै राम्रो आम्दानी विदेश जान मन लागेन

Avatar photo
Dhadingpost
मङ्लबार, चैत्र ३०, २०७२

madalधादिङबेसी चैत्र ३० । पछिल्लो समयमा धादिङका मादल पसलहरुबाट राम्रो आम्दानी हुन थालेको छ । धादिङमा मादल पसहरुको संख्या कम भएकाले धादिङबेसीमा सञ्चालन भैरहेको मादल पसहरुबाट राम्रो आम्दानी भएको हो ।

यसै गरी धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ शान्तबजार स्थित कालिका मादल पसलका प्रपाईटर डिलमाया रम्तेले मादल ब्यबसायबाट मासिक २० कमाउन सफल हुनु भएको छ । मादलको सिजनमा दैनिक २०-३० वटा मादल बिक्री हुने उहाँको भनाई रहेको छ । मादल ब्यबसाय गर्दा मादलको लागि आबश्यक पर्ने छाला, काठ र खरी समयमा नै नपाउँदा भने निकै समस्या हुने गरेको छ ।

बिशेष गरी चाड पर्व, विवाहको सिजनमा मादलहरु बढी बिक्री बितरण हुने गरेको भए पनि सामग्रीको अभावले गर्दा बजारमा माग अनुसार सामग्री बनाउन नसकेको डिलमाया रम्तेल बताउनु हुन्छ । धादिङको मुरलीभन्ज्याङमा जन्मनु भएको डिलमाया रम्तेलले १२ बर्ष देखि मादल, डम्मरु, खैचडी र बासुरी सामग्रीहरु बिक्री वितरणबाट अहिले ५ जनाको परिवार पाल्दै आउनु भएको छ ।

सामान्य तय एउटा मादलको रु २ हजार देखि ३ हजार, डम्मरुको ५ देखि ६ हजार, र खैचडी साइज अनुसार ८ सय सम्ममा विक्री बितरण हुने कालिका मादल पसलका प्रोपाईटर डिलमाया रम्तेल बताउनु हुन्छ । विशेष गरी मादलको लागि आवश्यक पर्ने सामग्रीहरु नुवाकोट, नारायणघाटबाट ल्याउने पर्ने भएकाले दुवानीको समस्या हुने रम्तेलले बताउनु भयो ।

मादल तयार भए पछि नारायणघाट, गोरर्खा, काठमाण्डौ र धरानमा बढी मात्रामा ग्राहकहरुले मादलहरुको माग गर्ने उहाँको भनाई रहेको छ । विदेशमा गएर भाडा मज्न तयार हुने नेपाली युवाहरु नेपालमा भने आफुले सिकेको सिप प्रयोग गर्न भने हिचकिचाउने गर्दछन् । तर कालिका मादल पसलमा काम गर्दै आउनु भएका रामहरी नेपालीले भने विदेश जानु नै ठूलो कुरो होइने नेपालमै बसेर काम गर्दा उपयुक्त हुने बताउनु हुन्छ ।