धादिङबेसीमा वाईसिएलले आज मार्चपास गर्ने

Avatar photo
Dhadingpost
शुक्रबार, चैत्र २६, २०७२

धादिङबेसी चैत्र २६ । एमाओवादीको युवा संगठन वाईसिएल धादिङको जिल्ला सम्मेलनको अवसरमा ४ हजार युवाहरुले धादिङबेसीमा आज मार्चपास गर्ने बताईएको छ ।

जिल्ला सम्मेलन उद्घाटन अगाडी आमागरिक सम्म वाईसिएल फेरि जाग्यो है ? भन्ने सन्देशका लागि मार्चपास गर्न लागिएको वाईसिएल धादिङका सम्मेलन आयोजक समितिका संयोजक राजेश अधिकारीले जानकारी दिनु भयो ।

आज दिउँसो १२ बजे पुछारबजारबजार बाट मार्चपास सुरुभै १ बजे नीलकण्ठ क्याम्पस अगाडी रहेको कवर्डहलमा सम्मेलन उद्घाटन हुने समेत अधिकारीले बताउनु भयो ।

समाजमा देखिएको, कालाबजारी र कर्मचारीमा देखिएको भ्रष्टचार नियन्तण शोषित पिडितहरुको अधिकारका लागि धादिङमा आज देखि फेरि वाईसिएल जाग्दैछ हामी हल्ला हैन काम गर्छौ वाईसिएल धादिङका लक्ष्मण रम्तेलले बताउनु भयो ।