पशु चौपायमा माहामारी जन्य रोग फैलियो हाकिम जिल्ला बाहिर रमाउदै

Avatar photo
Dhadingpost
बुधबार, चैत्र २४, २०७२

धादिङबेसी चैत्र २४ । भैसीहरुमा ¥याल काट्ने, मुखबाट पानी धादिङको फुलखर्क गाउँ विकास समिति वडा नं ५ दाङसिङमा चैत्र २२ गते देखि भैसीहरुमा ¥याल काट्ने, मुखबाट पानी ओकल्ने, ज्वरो आउने, दाना पानी नखाने लक्षण देखा पर्न थालेको छ । भैसीहरुमा यस्ता लक्षण्हरु देखा परेको ४ घण्टामा भैसी मोर्ने गरेको छ ।

यसैगरी फुलखर्क गाउँ विकास समिति वडा नं ५ दाङसिङमा कुमार बाँनियाको दुहुनो भैसी मोरेको, खड्क बहादुर घर्तीको एक वटा भैसी र पाडी मोरेको छ भने गाई, गोरु र बाखा्रहरु भने विरामी भएको फुलखर्कबाट कुमार बाँनियाले जानकारी दिनुभयो ।
यस्तै आगिञ्चोक त्रिपुरेश्वर सल्यानटारमा पनि चौपायहरुमा यस्तै रोग देखिएको छ माहामारिको रुपलिन लागेको यस्तो समस्या प्रति जिल्ला पशुुसेवा कार्यालय धादिङ उदासिन देखिएको छ ।

जनताको काममा सधैँ उदासिन र सरकाररी काम कहिले जाला घाम को शैलिमा रहने पशुसेवा कार्यालय प्रमुख जिल्लामा चरम रुपमा देखिएको रोग रोकथाम भन्दा जिल्ला बाहिर रमाई रहेका छन् ।